होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप हुँदा ४१ जनाको ज्यान गयो

 असार ६, २०८० बुधबार ११:५२:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप हुँदा ४१ जना कैदीको ज्यान गएको छ ।

लामो समयदेखि समस्यामा रहेको कारागारमा हिंसा भड्किएको रोयटर्सले जनाएको छ । 

हिंसामा धेरैजसोको जलेर ज्यान गएको र केहीलाई गोली लागेको होन्डुरसको सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराले बताउनुभएको छ ।

हिंसा भड्किएको ठाउँमा अहिले खोजी भइरहेको र ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने पनि उहाँले बताउनुभएको छ ।

त्यही कारागारमा यस्तै घटना सन् २०१९ मा पनि भएको थियो । त्यसबेला ४० जनाको ज्यान गएको थियो । महिला कारागारमा पछिल्ला वर्षहरूमा हत्या–हिंसाका घटनाहरू बढेका छन् ।

दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ ।

कारागारमा झण्डै आठ सय कैदीलाई राखिएको छ । जुन संख्या क्षमताको दोब्बर हो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया