धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा स्कटल्यान्डले आयरल्यान्डमाथि १ विकेटकाे राेमाञ्चक जित निकालेकाे छ । विश्व कप छनाेटमा टेस्ट राष्ट्र आयरल्यान्डकाे याे लगातार दाेस्राे हार हाे ।
आयरल्यान्डले दिएकाे २ सय ८७ रनकाे लक्ष्य स्कटल्यान्डले अन्तिम बलमा ९ विकेट गुमाएर भेटायाे । जितका लागि अन्तिम बलमा २ रन चाहिएकाे अवस्थामा स्कटल्यान्डका माइकल लिचले चाैका प्रहार गर्दै टाेलीलाई जिताए । लिस्क ९१ रनमा नटआउट रहे । यस्तै क्रिस्टाेफर म्याकब्राइडले ५६ र मार्क वाटले ४७ रन बनाए । आयरल्यान्डका मार्क एडरले २ तथा जाेशुवा लिटिल र जर्ज डाेकरेलले २/२ विकेट लिए ।
यसअघि जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेकाे आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायाे । आयरल्यान्डका कर्टिस क्याम्फेरले १ सय २० र जर्ज डाेकरेलले ६९ रन बनाए । स्कटल्यान्डका ब्रान्डन म्याकमुलिनले ५ विकेट लिए ।
स्कटल्यान्डका १ खेलमा २ अङ्कसहित समूह 'बी' काे तालिकाकाे तेस्राे स्थानमा छ भने दुवै खेल हारेकाे आयरल्यान्ड चाैथाे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।