भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकामा : एलन मस्कसँगको भेटमा भारतमा सम्भावित लगानीबारे छलफल

 असार ७, २०८० बिहीबार ६:२३:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार दिने भ्रमणका क्रममा अमेरिका पुग्नुभएको छ ।

अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका राजकीय पाहुना मोदी सम्बोधनको यो अवसर एवम् सम्मान पाउने तेस्रो भारतीय नेता हुनुहुन्छ ।

अमेरिकामा मोदीको भेटवार्ता र छलफल सुरु भएको छ । पहिलो दिन हिजो ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका सीईओ एलन मस्क, प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनसँग भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीसँगको भेटपछि एलन मस्कले भारतमा सम्भावित लगानीबारे छलफल गरेको बताउनुभएको छ ।

नयाँ दिल्लीले पछिल्ला वर्ष गुगल र एप्पलजस्ता विशाल प्रविधिसहित विश्वका शीर्ष लगानीकर्ता र कम्पनीका लागि लगानीको मार्ग प्रशस्त गरेको छ ।

मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने अपेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया