मोदीले नाै वर्षमा पहिलो पल्ट पत्रकार सम्मेलनमा कुरा गर्दै, पत्रकारले दुई वटा प्रश्न सोध्न पाउने

 असार ७, २०८० बिहीबार १४:५५:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नौ वर्षको अवधिमा पहिलो पल्ट पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्नु हुने भएको छ ।

अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने रोयटर्सले जनाएको छ । ह्वाइट हाउसमा आज शुक्रवार हुने पत्रकार सम्मेलनमा मोदीलाई एउटा प्रश्न अमेरिकी पत्रकारबाट र अर्को प्रश्न भारतीय पत्रकारबाट सोधिने तय भएको सीएनएनले जनाएको छ । केही अन्तर्वार्ताबाहेक मोदीले सञ्चारमाध्ययमसँग प्रत्यक्ष संवाद गर्नुभएको छैन ।

दुई कार्यकाल गरी नौ वर्षसम्म प्रधानमन्त्री रहँदा मोदी आफैँले एउटा पनि पत्रकार सम्मेलन आयोजना नगर्नुभएको र सन् २०१९ मा एक पत्रकार सम्मेलनमा उपस्थित भए पनि पत्रकारलाई प्रश्न सोध्न नदिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

अमेरिका भ्रमणमा पनि भारतीय पक्षले संयुक्त वक्तव्य जारीमात्र गर्न दबाब दिए पनि अमेरिकी पक्षले पत्रकार सम्मेलनमा सम्बोधन र दुई वटा प्रश्नको जवाफका लागि सहमत गराएको हो ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया