अमेरिकामा प्रयोगशालामा बनेको कुखुराको मासु बिक्रीका लागि स्वीकृति

 असार ८, २०८० शुक्रबार १७:५१:२० | एजेन्सी
unn.prixa.net

अमेरिकाले प्रयोगशालामा बनाएको कुखुराको मासुलाई बिक्रीको अनुमति दिएको छ । नियामक निकाय कृषि विभागले अपसाइड फुड्स र गुड मिट कम्पनीलाई प्रयोगशालामा तयार भएको मासु बिक्रीको अनुमति दिएको समाचारसंस्था एपीले जनाएको छ ।

खाद्य तथा औषधि प्रशासनले गएको नोभेम्बरमै प्रयोगको अनुमति दिएको थियो । कृषि विभागको अनुमतिपछि व्यावसायिक उत्पादन गर्न पाइन्छ । प्रयोगशालामा बनेर खाने बेलासम्म आइपुग्दा यस्तो मासुलाई 'कल्चर्ड' मासु भनिएको छ ।

यस्तो मासुको उत्पादनले खाद्य उत्पादनको वातावरणीय प्रभाव घटाउन मद्दत गर्ने उत्पादक कम्पनीहरुको दाबी छ । गुड मिट सञ्चालक इट जस्टका प्रमुख कार्यकारी जोश टेट्रिकले जनावर मार्नुभन्दा फरक तरिकाले मासु उत्पादन गर्न सकिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया