रुसमा आपसी भिडन्तका घटना बढेपछि सुरक्षा व्यवस्था कडा : सैन्य विद्रोहको शङ्का

 असार ९, २०८० शनिबार ९:५६:४३ | एजेन्सी
unn.prixa.net

रुसमा आपसी भिडन्तका घटना बढेपछि राजधानी मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहका प्रमुखलाई सुरक्षाकर्मीलाई नै विद्रोह गर्न उक्साएको आरोप लागेको छ ।

वाग्नर समूह मुख्य गरी रुसको लागि युक्रेनविरुद्ध लडिरहेको एउटा निजी सैनिक समूह हो । सैन्य विद्रोहको शङ्कामा वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनकाे बारे थप अनुसन्धान भैरहेको बीबीसीले जनाएको छ । वाग्नर समूह र रूसी सेनाबीच मतभेद बढेको छ । तर यसबारेमा थप जानकारी आउन सकेको छैन ।

वाग्नर समूहका प्रमुखले आफूले सैन्य विद्रोहको प्रयास नगरेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसबारे सचेत रहेको र निरन्तर जानकारी लिइरहेको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया