सिन्धुलीकाे बितिजोरमा बाढीपहिराे, ३१ वटा घरमा क्षति

 असार ९, २०८० शनिबार १३:३५:२८ | रासस
unn.prixa.net

सिन्धुली - सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा आज बिहान आएकाे बाढीपहिराेबाट ३१ वटा घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । 

बाढीले पाक्न लागेको मकै र रोपाइँ गर्न राखिएको धानको ब्याडसमेत बगाएको हाे । 

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच वटा  सुँगुर र ६० वटा कुखुरा मरेका छन् ।

'बाढीपहिराेले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ', वडाध्यक्ष कार्कीले भन्नुभयो– 'रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड पुरिँदा किसान मर्कामा परेका छन् ।' 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया