जुम्लाकाे सिञ्जा गाउँपालिकामा सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता

 असार ९, २०८० शनिबार १४:५१:२० | रासस
unn.prixa.net

जुम्ला - जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेकाे छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले पाँच हजार  रुपैयाँ सुत्केरी भत्ता दिइएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो । 

घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले पाँच हजार रुपैयाँ भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भइ कार्यान्वयनमा आएको उहाँले बताउनु भयाे । 

बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई  प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार यहाँका २६ जना सुत्केरीलाई  रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ ।

सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भइ सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया