रुसमा सरकारी सेना र वाग्नर समूहबीच भिडन्त बढ्दै, विश्वासघात गर्नेलाई कारबाही गर्ने पुटिनको चेतावनी

 असार ९, २०८० शनिबार १६:२२:३७ | एजेन्सी
unn.prixa.net

रुसले राजधानी मस्कोसहितका सहरहरुमा प्रतिआतङ्कवाद कानुन लागू गरेको छ । विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहको विद्रोहपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिआतङ्कवाद कानुन लागू गरेको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ ।

एक भिडियो सन्देश जारी गर्दै पुटिनले विद्रोह गर्नेहरुलाई कारबाही गर्ने बताउनुभयो । वाग्नर समूहका प्रमुखको नाम नलिइकन पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने बताउनुभयो । वाग्नर समूह मुख्य गरी रुसको लागि युक्रेनविरुद्ध लडिरहेको एउटा निजी सैनिक समूह हो ।

वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले अहिले विद्रोहको प्रयास गरेको नभइ रुसी नागरिकका लागि लड्न लागेको बताउनुभएको बीबीसीले जनाएको छ । आफ्नो समूहका २५ हजार सैनिक मर्न तयार भएर अघि बढेको र त्यसपछि थप २५ हजार जना यसैगरी मर्न तयार भएर आउने उहाँले दाबी गर्नुभएको छ ।

उहाँले रुसी रक्षामन्त्री सर्गेई शोइगुइलाई हटाउनुपर्ने माग गर्नुभएको छ । रुसी सेनाको असफलता र युक्रेनमा भएको रुसी सेनाको उच्च क्षति शोइगुइको असफलता रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया