रुसको निजी सैन्य कम्पनी वाग्नर समूहद्वारा दुई वटा सहर कब्जा

 असार ९, २०८० शनिबार १८:२१:७ | एजेन्सी
unn.prixa.net

रुसमा विद्रोह सुरु गरेको निजी शैन्य कम्पनी वाग्नर समूहले दुई वटा सहर कब्जा गरेको छ ।

वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्धको लडाइँमा प्रयोग गरेको वाग्नर समूहले युक्रेनसँगको लडाइँमा पर्याप्त हतियार नदिएको, आफ्नो सेनामाथि रुसी सेनाले आक्रमण गरेको लगायतका आरोप लगाउँदै विद्रोह सुरु गरेको हो ।

वाग्नर समूहका सेनाहरु रुसको राजधानी मस्कोतर्फ अघि बढिरहेका छन् । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेइ शोइगु र सेनाप्रमुख वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म आफ्नो सैनिक मस्कोतर्फ बढ्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले यो सैन्य विद्रोह तथा कु नभइ न्यायको माग भएको भन्दै २५ हजार सेना मर्न तयार भएर अघि बढेका बताउनुभएको छ । उहाँले आफूलाई रोक्न खोज्ने जो–कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ । स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन भनेका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले रूसी सेनालाई विद्रोही समूहविरूद्ध युद्ध सुरू गर्न निर्देशन दिइसकेको पनि बताउनुभयो । मस्को सहितका सहरमा प्रतिआतङ्कवाद कानुन लागू भएको छ ।

मस्कोमा सबै सामाजिक कार्यक्रम रद्द गरिएका छन् । पहिलोपटक सन् २०१४ मा पहिचान भएको वाग्नर समूहले सन् २०२२मा ठूलो सङ्ख्यामा सेना भर्ना गरेको थियो । यो समूहलाई रुसले सन् २०२२ देखि युक्रेन विरुद्धको युद्धमा प्रयोग गर्दै आएको छ ।   

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया