बाग्लुङकाे खप्तरिबाङमा पहिराे खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

 असार १०, २०८० आइतबार ११:५८:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाग्लुङ - शनिवार हिजाे बेलुकादेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बाग्लुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा झरेको पहिराेले सडक अवरुद्ध भएको हो ।

पहिराेका कारण बुर्तिबाङबाट पोखरा, काठमाण्डाै, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने गाडी ठप्प भएका छन् । सडक खुलाउने तयारी भइरहेकाे ढोरपाटन नगरपालिकाका उपमेयर कल्याण कायतले जानकारी दिनुभयो ।

बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पैदलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयाे । यस ठाउँमा वर्षातका समयमा सधैँ पहिरो जाने हुँदा स्थायी विकल्प खोज्नुपर्ने कायतले बताउनुभयो ।

उपमेयर कायतले भन्नुभयो, 'हिजो बेलुकादेखि ठूलो पानी परेको थियो, राति पहिरो गएछ, हामीले बिहानमात्रै सडक अवरुद्ध भएको थाहा पायौँ, खबर पाउनासाथ सडक खुलाउन नगरपालिकाको डाेजर पठाएका छौँ, केही समयमा सडक खुल्छ ।'

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया