पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड रुपैयाँ

 असार ११, २०८० सोमबार ७:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाले आउँदाे आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ । हिजाे १३औँ नगरसभामा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले  सात अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

महानगरले पूर्वाधारतर्फ  दुई अर्ब रुपैयाँ, पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड रुपैयाँ, आर्थिक विकासतर्फ १० करोड, सामाजिक विकासमा ६ करोड ५० लाख रुपैयाँ, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा १४ करोड रुपैयाँ, सङ्घीय ससर्त अनुदानतर्फ दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश ससर्त अनुदानतर्फ ८० लाख र सहरी विकास आयोजनामा आठ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ । 

स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट दुई अर्ब २७ करोड ८७ लाख रुपैयाँ खर्च ब्यहोरिने उपमेयर गुरुङले जानकारी दिनुभयो । सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड ७५ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिने भएको छ । 

यस्तै, सङ्घीय सरकार सहरी विकास आयोजनाबाट आठ करोड ४० लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार रुपैयाँ चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट ब्यहोरिने जनाइएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया