कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार ११, २०८० सोमबार ७:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशभर मनसुनी प्रभावका कारण बदली तथा वर्षाको सम्भावना भए पनि चार वटा प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

यस्तै, आज मधेस प्रदेशका सबैजसो ठाउँ र बाँकी तराई मधेसका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको झाले बताउनुभयो ।

आज राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिमका धेरैजसो भूभाग र कर्णाली, गण्डकी तथा कोशी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।

आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । वर्षाका कारण बाढी, पहिरो तथा चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया