भारतको मणिपुरमा गृहयुद्धको जोखिम, तत्काल समस्या नसुल्झाए भयावह अवस्था आउने चेतावनी

 असार ११, २०८० सोमबार ९:४८:३४ | एजेन्सी
unn.prixa.net

भारतको मणिपुर राज्यमा गृहयुद्धको जोखिम बढेको छ । साढे दुई महिनादेखि साम्प्रदायिक हिंसाबाट गुज्रिरहेको मणिपुरमा पछिल्ला घटनाक्रमले गृहयुद्धको जोखिम बढाएको सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

लिबिया, लेबनान, नाइजेरिया, सिरिया लगायतका देशमा जस्तै जुनसुकै बेला नागरिकको जनधनको क्षति पुग्ने जोखिम मणिपुरमा बढेको छ । मणिपुरका बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा एक सय जना जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् ।

तीन सय ५० वटा आश्रयस्थलमा ६० हजार विस्थापितहरु कष्टकर जीवन बिताइरहेका छन् । राज्यमा ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हिंसाका घटनाहरु रोकिएका छैनन् । लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझै बढेको छ ।

प्रदर्शनकारीहरुले दुई सय वटाभन्दा धेरै गिर्जाघर र १७ वटा मन्दिरमा आगजनी गरिरहेका छन् । राज्यमा विद्यालय र इन्टरनेट सेवा बन्द छ । साढे दुई महिनादेखि  रात्रिकालीन कर्फ्यु कायमै छ । म्यानमारकाे सीमासँग जोडिएको मणिपुरमा साम्प्रदायिक हिंसा नौलो नभए पनि यस पटक गृहयुद्धकाे खतरा बढेको हो ।

मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले विरोध गर्दा तनाव चर्किएको भए पनि अरु धेरै कारणले साम्प्रदायिक हिंसा बढिरहेको छ । मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ । झण्डै ३३ लाख जनसङ्ख्या रहेको मणिपुरमा मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया