११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट निर्यात, सरकारको नीतिले व्यवसायी उत्साहित

 असार ११, २०८० सोमबार १५:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात भएको छ । अर्थमन्त्री भएको बेला जनार्दन शर्माले सिमेन्ट निर्यातमा प्रोत्साहनको नीति लिएपछि सिमेन्टको निर्यात उत्साहजनकरूपले बढेको हो । 

भन्सार विभागका अनुसार साउनदेखि जेठसम्मका ११ महिनामा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँको सिमेन्ट र क्लिङ्कर निकासी भएको छ । माघको मसान्तसम्म जम्मा १६ करोड ७० लाख रुपैयाँको सिमेन्ट निर्यात भएकोमा चार महिनामै ५१ करोड रुपैयाँको सिमेन्ट निकासी भएको विभागको तथ्याङ्कले देखाएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा वार्षिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने तथा निर्यातमा आठ प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था गरेको थियो । निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन र अर्घाखाँची ब्रान्डले भारतबाट गुणस्तर चिह्न लिएका छन् । पहिलो पटक गएको असार महिनामा भारतमा पाल्पा सिमेन्ट निर्यात भएको थियो । नेपालमा ६० वटाभन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया