सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क पहिलो : सिङ्गापुर एक स्थान तल झर्यो

 असार १२, २०८० मंगलबार ६:२४:४५ | एजेन्सी
unn.prixa.net

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ । आयरल्यान्ड र स्विट्जरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न सर्वेक्षण, साङ्खिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सार्वजनिक गरेको पछिल्लाे वरीयतामा सिङ्गापुर एक स्थान तल झरेको छ ।

आईएमडीको वर्ल्ड कम्पिटिटिभनेस सेन्टर (डब्लूसीसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा ६४ वटा अर्थतन्त्र बलियाे भएका देशमध्ये सिङ्गापुर चौथो स्थानमा रहेको जनाएको छ । डब्लूसीसीले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उत्पादकत्वका अतिरिक्त उद्यमहरूले राजनीतिक, सामाजिक र सांस्कृतिक कारकहरूसँग कसरी सामना गर्छन् भन्ने विषयलाई मूल्याङ्कन गरी वरीयता सार्वजनिक गर्छ ।

शीर्ष १० मा नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ भने ताइवान, हङकङ, स्वीडेन, अमेरिका र यूएई क्रमशः छैटाैँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् । सन् २०१९ देखि २०२१ सम्म लगातार ४३औं स्थानमा रहेको भारत तीन स्थान तल झरेर ४० औँ स्थानमा छ । रिपोर्ट आधारअनुसार भारतले सरकारी दक्षतामा सुधार गरेको छ ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया