राष्ट्रपति पुटिनविरुद्ध हाेइन न्यायका लागि मार्च गरेका हाैँ : वाग्नर प्रमुख प्रिगोजिन

 असार १२, २०८० मंगलबार १०:१३:३२ | एजेन्सी
unn.prixa.net

रुसमा सक्रिय वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको घटनापछि पहिलो सार्वजनिक अभिव्यक्ति दिनुभएको छ।

संदेशमा उहाँले आफ्ना सदस्यले न्यायका लागि मार्च गरेका दाबी गर्नुभएको छ । झण्डै ११ मिनेट लामो भिडियो संदेशमा रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता भएको उहाँको भनाइ छ।

वाग्नर समूहका संस्थापक प्रिगोजिनले आफ्नो समूहको पछिल्लो कदम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लक्षित नभएको पनि बताउनुभएको छ । रुसमा गएको शनिवार नाटकीय घटनाक्रमपछि राष्ट्रपति पुटिन र उहाँ नेतृत्वको सरकारले स्थिति अहिले सामान्य बनेको सङ्केत दिएको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री मिखाइल मिसुस्टिनले राष्ट्रपतिको पछाडि सबै जना एकताबद्ध हुन आह्वान गर्नुभएको छ । युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरले सेनामाथि नै विद्रोहको प्रयास गरेको थियो ।

रुसी सेनाले पर्याप्त हतियार नदिएको र आफ्नै भूमिमा आक्रमण गरेको भन्दै वाग्नर समूहले असन्तुष्टि जनाउँदै आएको थियो।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया