बङ्गलादेशमा डेङ्गीबाट जुनमा मात्रै ३४ जनाको ज्यान गयाे

 असार १३, २०८० बुधबार १९:५२:२४ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बङ्गलादेशमा जुन महिनामा डेङ्गीका घटना बढेकाे छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुनमा पाँच हजार सात सय ३२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ भने ३४ जनाको ज्यान गएको छ ।

बङ्गलादेशमा यस वर्ष डेङ्गीका बिरामीको सङ्ख्या सात हजार सात सय ५४ पुगेको छ । स्थानीय समयअनुसार मङ्गलवार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा एक सय चारसहित एक सय ४५ जना डेङ्गीका नयाँ बिरामी फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

डेङ्गीका कारण मङ्गलवार दुई जनाको ज्यान गएको थियाे भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको ज्यान गएको महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा गएकाे मे महिनामा एक हजार ३६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा बढेपछि थप पाँच हजार सात सय ३२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो ।

सन् २०२३ को जनवरी १ देखि जुन २७ सम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार दुई सय ९७ जना डेङ्गीका बिरामी उपचारपछि घर फर्केका छन् । लामखुट्टेकाे टाेकाइबाट सर्ने याे राेग बङ्गलादेशको राजधानी ढाकामा तीव्र गतिमा बढिरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेङ्गी ज्वरोको मौसम हो ।

बङ्गलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया