भारत र पाकिस्तानकाे खेल हुने दिन अहमदाबादमा हाेटलकाे भाडा बढेर १ लाख भारुसम्म पुग्याे

 असार १४, २०८० बिहीबार १६:२६:४३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानको खेल हुने दिन होटलको शुल्क १० गुणासम्म बढेको छ । विश्वकपमा आउँदो अक्टोबर १५ तारिखमा भारतको अहमदाबादमा भारत र पाकिस्तानको खेल हुने तालिका छ ।

आईसीसीले अस्ति मङ्गलवार तालिका सार्वजनिक गरेकै दिन सयौँले अहमदाबादमा होटल बुकिङ गरेका बीबीसीले जनाएको छ । बुकिङ गर्नेहरू बढेपछि हाेटलकाे भाउ १० गुणासम्म बढेको छ । कतिपय कोठाको भाडा एक लाख भारुसम्म पुगेको छ भने केही अक्टोबर १५ का लागि पूर्णरूपमा बुक भइसकेका छन् ।

सामान्य दिनमा सहरका लक्जरी होटलहरूमा एक दिनको पाँचदेखि आठ हजार भारुसम्म तिरेर कोठा पाइनेमा अक्टोबर १५ तारिखका लागि भने बढेर ४० हजारदेखि एक लाख भारुसम्म पुगेकाे छ ।

बुकिङ डटकमकका अनुसार अहिले वेलकम होटलको डिलक्स कोठा भाडा एक रातको पाँच हजार छ सय ९९ भारु छ । तर अक्टोबर १५ मा यस होटलमा बस्न चाहनेले भने ७१ हजार नाै सय ९९ भारु तिर्नुपर्नेछ । गुजरातको होटल एन्ड रेस्टुरेन्ट एसोसिएशन (एचआरए) का प्रवक्ता अभिजीत देशमुखले बुकिङ गर्नेको चाप बढेसँगै भाउ बढ्नु स्वाभाविक भएको बताएका छन् ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया