आज र भोलि देशभर झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम

 असार १५, २०८० शुक्रबार ७:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो  वर्षा समेत भएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । गएको २४ घण्टामा त्यहाँ ११९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको थियो । राति लुम्बिनी प्रदेशसहित कोशी, बाग्मतीका एक/दुई ठाउँमा ठूलो पानी परेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ ।

१० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटरलाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा मानिन्छ । मनसुन सक्रिय भएकाले आज र भोलि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ ।

भिरालो जमिन र नदी, खोला आसपास बस्नेहरुलाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, घर बाहिर निस्कँदा छाता, रेनकोटलगायत ओडो बोक्न, यात्रामा निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन पनि मौसमविद्को सुझाव छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया