फ्रान्समा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा किशोरलाई गोली हानेका प्रहरीले माफी मागे

 असार १५, २०८० शुक्रबार ८:५९:३० | एजेन्सी
unn.prixa.net

फ्रान्समा एक किशोरलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले परिवारसँग माफी मागेका छन् ।

हत्याको आरोपमा हिरासतमा रहेका प्रहरी अधिकारीले मृतक किशोरको परिवारसँग माफी मागेका बीबीसीले जनाएको छ । गएको मङ्गलवार घटनाभएपछि फ्रान्समा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ४ सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

प्रदर्शनले उग्र रुप लिएपछि पेरिस उपनगरमा गएरातिदेखि लागू हुने गरी सोमवार बिहानसम्मका लागि कर्फ्यु लगाइएको छ । मङ्गलवार बिहान पहेँलो मर्सिडिज कार चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको आरोप छ ।

राष्ट्रपति इम्यानुयल म्याक्रोले गोली प्रहारको घटना अक्षम्य भएको बताउनुभएको छ । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Narayan Shrestha

    June 30, 2023, 8:46 p.m.

    Nepalma, bicesh ktm maa traffic light ta 6, but niyam palana bhaaako dekhiaana, k France maa jastai rule ko khacho ta hoina?

  •  0 Reply

तपाईको प्रतिक्रिया