पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई बलियाे बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउनु भएकाे छ ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयाेजना गरेकाे २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उहाँले प्रविधि र बिउ किसानसम्म पुर्याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताउनु भएकाे हाे । उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताउनु भएकाे छ ।
'हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्याउन नसक्दा बसाइँसराइकाे दर बढिरहेकाे छ । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्याउन मन्त्रालय क्रियाशील हुनेछ ' भुसालले भन्नुभयो ।
उहाँले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताउनु भएकाे छ । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Balsit Khadka
July 2, 2023, 6:01 a.m.मन्त्री ज्यू, भाषण मात्र दिएर हुँदैन, खै ठोस योजना अनि काम गरेको । देशमा कृषिजन्य वस्तुहरूको उपयुक्त मूल्य किसान ले पाउने व्यवस्था गर्नुहोस,बिचौलिया लाई कानुन द्वारा दण्डित गर्ने व्यवस्था गर्नुहोस ।