उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – एनसेलले लहानकाे शहीद चाेकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएकाे छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रममाझ बिहीवार नयाँ एनसेल सेन्टरको उद्घाटन गर्नुभयाे ।
‘आज, भोलि, सधैँ सँगै’ अनुरूप स्थापना गरिएको यस नयाँ सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङकाे जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्ने कम्पनीले जनाएकाे छ । यसैगरी ग्राहकले यस सेन्टरबाट सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई–सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्न, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ शुरु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका सेवा प्राप्त गर्ने सक्नेछन् ।
‘हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकलाई सेवाहरूमार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो’, जाब्बोरले भन्नुभयाे, ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीयस्तरमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता बमोजिम सञ्चालनमा ल्याइएको हो ।’
हप्ताको सातै दिन बिहान ९ देखि बेलुकी साढे ५ बजेसम्म यस सेन्टरबाट ग्राहकलाई सेवा दिइने एनसेलले जनाएकाे छ । यसअघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा सेन्टर सञ्चालन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।