अमेरिकी विश्वविद्यालयमा जातको आधारमा दिइँदै आएको आरक्षण सर्वोच्च अदालतद्वारा खारेज

 असार १५, २०८० शुक्रबार १७:३०:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयमा जातीय आधारमा दिइँदै आएको आरक्षण खारेज गरेको छ । सन् १९६० को दशकदेखि अमेरिकी विश्वविद्यालयमा हुने भर्नामा सकारात्मक पहलका आधारमा आरक्षण कायम रहँदै आएकोमा सर्वोच्च अदालतले खारेज गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी शिक्षा प्रणालीको सबैभन्दा विवादित बनेको यो विषयमाथिको एउटा मुद्दामा सर्वोच्चले फैसला गरेको हो । हार्वर्ड विश्वविद्यालय र युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको भर्नासम्बन्धी नियमविरुद्ध मुद्दा परेको हो । दुवै विश्वविद्यालयले अमेरिकाको संविधानमा उल्लिखित समान संरक्षणको प्रावधानलाई उल्लङ्घन गरेको अदालतले जनाएको छ । यी विश्वविद्यालयमा अमेरिकाको उच्च शिक्षामा अश्वेत, स्पेनीभाषी र अरू अल्पसङ्ख्यक विद्यार्थीको सहभागिता बढाउन आरक्षण लागू भएको थियो ।

बहुप्रतीक्षित फैसलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले असहमति जनाउनुभएको छ । उहाँले अमेरिकामा अहिले पनि विभेद रहेको भन्दै आफूहरू यो निर्णयलाई अन्तिम हुन नदिने बताउनुभयो । यस्तै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले भने यो निर्णय आएको दिनलाई ‘महान् दिन’ भनेर टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । अमेरिकाका नौ वटा राज्यले यसअघि नै जातीय आधारमा दिइएको भर्ना आरक्षण बन्द गरिसकेका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया