फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन : एकै रातमा ६ सय जनाभन्दा धेरै व्यक्ति पक्राउ

 असार १६, २०८० शनिबार ७:३०:१३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

फ्रान्सको राजधानी पेरिसको उपनगरमा गएको मंगलबार एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन चर्किएको छ ।

हिंसात्मक प्रदर्शनका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाइएको छ । प्रदर्शनका क्रममा २ सय ४० जना प्रहरी घाइते भएका छन् । अहिलेसम्म ८ सय ७५ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका गृहमन्त्री जेरार्ड डार्मानिनले बताउनुभएको छ । हिंसाको तेस्रो दिन एकै रातमा ६ सय ६७ जना पक्राउ परेका गृहमन्त्री डार्मानिनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

नाहेल एमलाई मंगलबार बिहान पेरिस उपनगरमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए । उनको ज्यान गएपछि हिंसा भड्कीएको हो ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया