फ्रान्स : हिंसात्मक प्रदर्शन देशभर फैलियो, एकैरात झण्डै एक हजार जना पक्राउ

 असार १६, २०८० शनिबार १४:२७:२२ | एजेन्सी
unn.prixa.net

फ्रान्समा भएको हिंसात्मक प्रदर्शनका क्रममा एकैरात झण्डै एक हजार जना प्रदर्शनकारी पक्राउ परेका छन् । गएराति प्रहरीले ९ सय ९४ जनालाई पक्राउ गरेको  बीबीसीले जनाएको छ । योसहित पक्राउ पर्नेको सङ्ख्या एक हजार आठ सय जना पुगेको छ ।

पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन् । फ्रान्सको राजधानी पेरिसमा गएको मङ्गलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ । नाहेल एमलाई मङ्गलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेका थिए ।

प्रदर्शनकारीले पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाएका छन् । सार्वजनिक ठाउँमा झण्डै चार हजार वटा आगजनीका घटना भएका छन् । हिंसा नियन्त्रणका लागि सरकारले ४५ हजार सुरक्षाकर्मी खटाएको छ ।

रातभर सार्वजनिक यातायात बन्द गराएको भए पनि प्रदर्शन रोकिएको छैन । कतिपय ठाउँमा कर्फ्यु लगाएको भए पनि त्यसको उल्लङ्घन भइरहेको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया