स्कटल्यान्डसँगको खेलमा वेष्ट इन्डिज १ सय ८१ रनमा अलआउट

 असार १६, २०८० शनिबार १६:७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा वेस्ट इन्डिज १ सय ८१ रनमा अलआउट  भएको छ ।

हरारेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४३ ओभर ५ बलमा १ सय ८१ रन बनाउँदा अलआउट भयो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ४५ रन बनाए । स्कटल्यान्डका ब्रान्डन म्याक मलेनले ३ तथा क्रिस ग्रिभ्स,मार्क वाट र क्रिस सोलले २/२ विकेट लिए ।

वेस्टइन्डिज दुई पटकको एकदिवसीय तथा टी–२० विश्व कप च्याम्पियन हो । तर वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ । सुपर सिक्समा वेष्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका उत्कृष्ट दुई टोली विश्व कपको लागि छनोट हुनेछन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया