अर्जेन्टिनाको केन्द्रीय बैंकद्वारा वित्तीय संस्थाहरूलाई चिनियाँ मुद्रा युआनमा कारोबार गर्न अनुमति

 असार १७, २०८० आइतबार ८:३०:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अर्जेन्टिनाको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई चिनियाँ मुद्रा युआनमा कारोबार गर्न अनुमति दिने भएको छ ।

अब अर्जेन्टिनाका बैंक तथा वित्तीय संस्थाले चिनियाँ मुद्रा युआनको सजिलै कारोबार गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाले युआनको निक्षेप र भुक्तानी गर्नेछन् भने संस्था र व्यक्तिहरुले  चिनियाँ युआनमै खाता खोल्न समेत पाउनेछन् ।

राष्ट्रिय धितोपत्र आयोगको सुझाव अनुसार यो निर्णय गरिएको अर्जेन्टिनाको केन्द्रीय बैंकले जनाएको छ ।

अर्जेन्टिनाले यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको ऋण भुक्तानीको लागि युआनको स्वतन्त्र प्रयोग गर्ने निर्णय गरिसकेको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bikash tamang

    July 2, 2023, 12:36 p.m.

    चीन अब बिस्व सक्तीबाट रोक्न अब कसैले पनि सक्दैन चीन अब बिस्व शक्ति हुन्छ नेपालआ पनि ठूलो राजनीति परिवर्तन हुन्छ भन्ने बिश्वास लियेको छु धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया