थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्कायो, यातना दिएको दाबी

 असार १८, २०८० सोमबार १७:५८:२८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्काएको छ । सन् २००१ मा उपहार दिएको हात्तीलाई श्रीलङ्कामा यातना दिइएको आरोपका कारण दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएपछि स्वदेश फर्काएको बीबीसीले जनाएको छ ।

मुथु राजा नामको २९ वर्षको हात्ती एउटा व्यावसायिक उडानमार्फत थाइल्यान्ड पुगेको छ । एउटा बौद्ध धार्मिक स्थलमा राखिएको समयमा हात्तीलाई यातना दिइएको आरोपपछि थाइल्यान्डले फर्काइदिन माग गरेको थियो । श्रीलङ्काका प्रधानमन्त्रीले आफूले औपचारिकरूपमा थाई राजासँग माफी मागेको बताउनुभएको छ ।

थाइल्यान्ड र श्रीलङ्का दुवैले हात्तीलाई पवित्र जनावरका रूपमा लिने गर्छन् । सन् २००१ मा थाइल्यान्डको शाही परिवारले मुथु राजासहित तीन वटा हात्ती श्रीलङ्काको सरकारलाई उपहार दिएको थियो । एउटा धार्मिक केन्द्रको रेखदेखमा राखिएको मुथु राजालाई रुख कटान गर्ने व्यक्तिहरूसँग काम गर्न लगाइएको र चोटको बेवास्ता गरिएका कारण उसलाई खुट्टा चलाउन गाह्रो हुँदै आएको भन्दै पशु अधिकारवादी समूहले विरोध गरेको थियो ।

मुथु राजामाथि भएको यातनाको विरोधपछि थाई सरकारले तीन वर्षयता देशबाहिर हात्तीहरू पठाउन रोक लगाएको छ । यस्तै त्यहाँको वन्यजन्तु विभागले पहिल्यै विदेश पठाइएका थाई हात्तीको अवस्थाबारे अनुगमन गरिरहेको जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया