१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपाललाई : मलेसिया २ सय २१ रनले पराजित

 असार १९, २०८० मंगलबार ११:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जित्न सफल भयो । फाइनल खेलमा २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बल ३१ रनमा अलआउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका अभिषेक तिवारीले ५ विकेट लिए ।

त्यस्तै सन्तोष यादवले ३ र सागर गैरेले १ विकेट लिए । त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । नेपालका नरेन भट्टले ८९ बलमा अविजित १ सय १२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । त्यस्तै, निरज यादवले ४७ रन जोडे ।

मलेसियाका मोहम्मद अक्रमले ३ विकेट लिए । समूह चरणमा नेपाल थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको हो । यसअघि नेपालले सन् २०१७ र २०१९ मा १६ वर्षमुनिको उपाधि जितेको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया