अर्थमन्त्री र नेताहरूले भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की

 असार १९, २०८० मंगलबार १६:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या र चुनौतीहरू समाधान हुन नसक्ने बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद कार्कीले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू अर्थमन्त्री र नेताहरूले भाषण गरेर मात्रै समाधान नहुने बताउनुभएकाे हाे ।उहाँले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनुभयो । आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू अर्थमन्त्री र नेताहरूले भाषण गरेर मात्रै समाधान हुँदैन । हामी गम्भीर हुन जरुरी छ । आयात किन घटिरहेको छ ? आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ? यी विषयकाे सहीरूपले जवाफ लिन र समाधान गर्न सकेनौँ भने सरकारको विश्लेषण यथार्थ हुन सक्दैन ।’

सांसद कार्कीले रेमिट्यान्सले देशकाे अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्‍याएकाे भन्दै रेमिट्यान्समा कुनै किसिमको समस्या आयो भने देशको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयो । रेमिट्यान्सको स्थायी समाधानका निम्ति केही दीर्घकालीन साेच बनाउन सरकारलाई उहाँकाे सुझाव छ । उहाँले सरकार र अर्थमन्त्री गम्भीर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया