नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

 असार १९, २०८० मंगलबार २०:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग २ विकेटले पराजित भएकाे छ । योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेकाे छ ।

नेपालले दिएकाे २ सय ६९ रनकाे लक्ष्य आयरल्यान्डले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायाे । आयरल्यान्डका लागि कर्टिस क्याम्फेरले ६२, हेरी टेक्टरले ६० रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ४, किशाेर महताेले २ तथा गुलसन झा र सन्दीप लामिछानेले १/१ विकेट लिए । 

यसअघि जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायाे । नेपालका गुलसन झाले नटआउट ५७ रन बनाए । यस्तै अर्जुन साउदले ४८, कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका मार्क एडर, बेरी म्याककार्थी र क्रेग याेङले २/२ विकेट लिए ।

नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेलेकाे याे तेस्रो खेल पनि हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया