लगातार दुई दिन आक्रमणपछि इजरायली सेना जेनिन सहरबाट फिर्ता

 असार २०, २०८० बुधबार ९:३६:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् ।

इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन थालेपछि आक्रमण रोकिएको छ । इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा रहेको प्यालेस्टिनी जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको थियो । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादविरुद्धको लडाइँ तत्कालका लागि रोकेको र सेना फिर्ता भएको बताउनुभएको बीबीसीले जनाएको छ । तर, उहाँले फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ ।

दुई सम्म जेनिन सहरमा भएको आक्रमणमा कम्तिमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको ज्यान गएको छ । आक्रमणबाट सय जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

यो शिविर आतंककारीको बलियो गढ भएको इजरायलको दाबी छ  । जेनिन शरणार्थी शिविरमा १४ हजार जना बस्दै आएका छन् । वेस्ट बैंक इजरायल नियन्त्रित क्षेत्र हो ।

इजरायलले वेस्ट बैंकमा गरेको आक्रमणको जोर्डन, इजिप्ट र कतारलगायतका देशले विरोध गरेका छन् ।  

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया