गएकाे साेमवार पृथ्वीकाे तापक्रम अहिलेसम्मकै धेरै

 असार २०, २०८० बुधबार १३:५८:३९ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । गएको सोमवार अर्थात् जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको अमेरिकी वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको सोमवार पृथ्वीको तापक्रम १७ दशमलव शून्य एक डिग्री सेल्सियस पुगेको खबरमा उल्लेख छ । वैज्ञानिकहरूले तापक्रमको नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका छन् । यूएस नेशनल सेन्टर्स फर इन्भाइरोमेन्टल प्रेडिक्शनका वैज्ञानिकहरूले यसअघि २०१६ मा रेकर्ड भएको १६ दशमलव ९२ डिग्री सेल्सियससहित विगतमा कायम सबै कीर्तिमान अहिले तोडिएको बताएका छन् ।

चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिका भर्खरै चलेको गर्मीको लहरबाट प्रभावित भएका छन् । अनुसन्धाताहरूले मानवजातिले निरन्तर गरिरहेको कार्बन डाइअक्साइड उत्सर्जनको संयोजनले तातो बढाएको बताएका छन् ।

यस वर्षको शुरुवातदेखि नै अनुसन्धानकर्ताहरू जमिन र समुद्रमा बढ्दो तापक्रमलाई लिएर चिन्तित छन् । पृथ्वीका केही भागमा अहिलेसम्म नदेखिएका मौसमी गतिविधि देखिएको पनि अनुसन्धानकर्ताले बताएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया