विश्व कप छनोटको सुपर सिक्समा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दै

 असार २२, २०८० शुक्रबार ११:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोटको सुपर सिक्समा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा दिउँसो पौने १ बजे शुरु हुनेछ ।

श्रीलङ्का सुपर सिक्सको शीर्षस्थानमा रहेर यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । त्यस्तै, हिजो भएको खेलमा स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा पुगेको छ । यी दुई टोलीले उपाधिका लागि आइतवार खेल्नेछन् ।

जिम्बावेमा भएको विश्वकप छनोटबाट टेस्ट राष्ट्र वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड विश्व कपमा पुग्न असफल भएका छन् । विश्वकप आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुँदैछ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया