देशभरबाट मिटरब्याजसम्बन्धी २४ हजार उजुरी : एक हजार तीन सय वटामा मिलापत्र

 असार २३, २०८० शनिबार ८:१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये एक हजार तीन सय ८५ वटामा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो ।

आयोगका सदस्य एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्याैट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् । यसअघि अदालतबाट पीडितकाविरुद्धमा फैसला भएको भन्दै उनीहरुले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग समेत गरेका थिए । आयोगका सदस्य सुवेदीका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् ।

आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गर्ने तयारी छ । आयोगले गएको वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरी काम अगाडि बढाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भरत परियार रुकुम पश्चिम्

    July 8, 2023, 8:49 a.m.

    भरत परियार रुकुम पश्चिम् हाल साउदी महिले यो भन्दा 3 4 बर्ष पहिला कसैबाट 50000 कसैबाट 100000 कसैबाट अनि कसैबाट 60000 यस्तै गरि 3000 कसैबाट 20000 गरि ऋण लिएर घर बनाय तर बिडमबना त्यो ऋण तिर्न भनी महिले मलेशिया को भिसा लगाए अनि कोरोना को कारन्ले म कतै जान सकिन पेट पाल्न गारो भको मलाई म छट्पटी रहे अनि महिले ऋण दिन सकिन 100000 लिएको ठाउमा 500000 भयो भन्दै मलाइ धम्की आउँछ म अहिले साउदी मा छु मेरो तलब 3000 हुन्छ महिले कसरी ऋण तिर्ने 1 को 5 रे ब्याज को ब्याज लाक्छ भन्छन गाउमा एउटा् सानो घर छ जमिन केहि छैन महिले कसरी 10 12 लाख तिर्ने On Thu, Jul 6, 2023, 5:32 AM Bharat Pariyar <bharatpariyar386@gmail.

  •  0 Reply

तपाईको प्रतिक्रिया