नेदरल्यान्ड्सका प्रधानमन्त्री रुट्टेको राजीनामा : आप्रवासी नीतिमा सहमति जुट्न सकेन

 असार २३, २०८० शनिबार ११:१५:११ | एजेन्सी
unn.prixa.net

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले राजीनामा दिनुभएको छ । उहाँले गठबन्धनसहितकाे आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएको बीबीसीले जनाएको छ ।

आप्रवासी नीतिमा निरन्तर चलेको छलफल र वार्तामा सहमति जुट्न नसक्दा नेदरल्यान्ड्समा सरकार ढलेको हो । सरकारका चार गठबन्धन साझेदारबीच आप्रवासीको सङ्ख्या रोक्न चाल्ने कदमबारे सहमत हुन सकेन । प्रधानमन्त्री मार्क रुट्टेले आप्रवासी नीतिमा सहमति जुटाउन नसक्दा राजीनामा दिएको बताउनुभएको छ । उहाँले आउँदो चुनावसम्म गठबन्धनले नै कामचलाउ सरकार चलाउने जानकारी पनि दिनुभएको छ ।

नेदरल्यान्ड्समा यसै वर्ष नोभेम्बरमा चुनाव हुन सक्ने अनुमान छ । रुट्टेको दल भीभीडीले नेदरल्यान्ड्समा शरण खोज्नेहरूको संख्यालाई सीमित गर्ने पक्षमा छ । तर, गठबन्धनका अन्य दलले यो योजनाको विरोध गर्दै आएका छन् ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया