पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाग्लुङ - अविरल वर्षाका कारण आएको पहिराेेले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटन नगरपालिकामा विद्युत् सेवा अवरुद्ध भएकाे छ ।
शुक्रवार हिजाे गएको पहिराेले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।
पहिराेले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत (कल्याण) ले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उहाँको भनाइ छ।
विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको कायतले बताउनुभयो । स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सेवा सुरु हुने उहाँले बताउनुभयो ।
'अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,' उपमेयर कायतले भन्नुभयो, 'बर्खा रोकियो भने पक्की मुहान र नहर बनाउने याेजना छ ।' बर्खाको समयमा पटक–पटक बाढीपहिराेले दुःख दिँदै आएको उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।