पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फेरि फर्कन बन्देज छैन...
बैशाख ७, २०८२ आइतबार
चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई चीनको वित्तीय नियमनकारी निकायहरूले एक अर्ब अमेरिकी डलरभन्दा धेरै जरिबाना तोकेको छ ।
विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै एक अर्ब अमेरिकी डलर भन्दा धेरै जरिबाना तोकिएको बीबीसीले जनाएको छ ।
हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपेलगायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ । चीन सरकारले सन् २०२० को मध्यतिर आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला तीन सय अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट ग्रुपको पछिल्लो कुल मूल्य घटेर झन्डै ८० अर्ब डलर हाराहारीमा आएको बीबीसीले जनाएको छ ।
चिनियाँ सरकारले सन् २०२० यता आफ्नो देशका प्रमुख इन्टरनेट र ईकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयासका कारण अर्बपति ज्याकमाका कम्पनी बढी समस्यामा परेका छन् । एन्टलाई लगाएको जरिबाना चीनको इतिहासमै कुनै पनि ईकमर्स कम्पनीलाई लगाइएको सबैभन्दा ठूलो जरिबाना हो ।
चीनको केन्द्रीय बैंक, पिपल्स बैंक अफ चाइनाले वित्तीय सुशासन, ग्राहकको सुरक्षा, लेनदेन तथा व्यावसायिक समस्याको सम्बोधन, अवैध धनको कारोबार नियन्त्रण लगायतमा चुकेको कारण एन्ट ग्रुपमाथि जरिबाना लगाएको बताएको छ । लामो समय विदेश बसेका ज्याकमा केही महिनाअघि चीन फर्किएर सार्वजनिक कार्यक्रममा देखिन थाल्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।