सुडानमा भएको पछिल्लो हवाई आक्रमणमा २२ जनाको ज्यान गयो

 असार २४, २०८० आइतबार ९:३१:१३ | एजेन्सी
unn.prixa.net

सुडानको राजधानी खार्तुममा भएको पछिल्लो हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेका छन् ।

राजधानी खार्तुममा नाइल नदी किनारमा रहेको ओमदुरमानको दार एस सलाम जिल्लामा हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ)बीच गएको अप्रिलदेखि लडाइँ हुँदै आएको छ ।

दुई सेनाबीचको यो द्वन्द्वले अहिलेसम्म कम्तीमा तीन हजार नागरिकको ज्यान गएको छ । लाखौँ नागरिक विस्थापित भएका छन् । लडाइँ राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ । पछिल्लो आक्रमणबाट भएको मानवीय क्षतिको दोष सेना र आरएसएफले एकअर्कालाई दिएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया