शेयर बजार २८ अङ्कले बढ्यो, तीन अर्ब चार करोड रुपैयाँको कारोबार

 असार २४, २०८० आइतबार १५:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशत तथा सिटी होटलको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशत र बीपीडब्ल्यू लघुवित्तको शेयर साढे चार प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ८७ वटा कम्पनीको शेयर ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख रुपैयाँमा किनबेच काराेबार भएका छन् । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया