उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल पेक्यूआर र स्मार्ट क्यूआरले संयुक्त रुपमा नेटवर्क सेवा शुरु गरेका छन् ।
हिजाे आइतवार आयोजित एक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यूआर र नेपाल पेक्यूआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।
याे कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो ।
नेपाल पेक्यूआरमा आबद्ध भएका विभिन्न मोबाइल बैकिङ्ग, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध दुई लाख पचास हजारभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । यसैगरी , स्मार्ट क्यूआर नेटवर्कको मोबाइल बैंकिङ्ग र वालेटहरूले नेपाल पे क्यूआर नेटवर्कमा आबद्ध तीन लाख पचास हजारभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।
ग्राहक तथा व्यवसायी दुवैलाई नेटवर्क पहिचानमा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।