धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले प्रतिपक्षी दलहरूको हर्कत संसदीय अभ्यास र मान्यता विपरीत रहेको बताउनुभयो ।
आज साेमवार संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेका प्रश्नकाे विषयमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो असन्तुष्टि राख्नुभएको हो । उहाँले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताउनुभयो । उहाँले आफ्नो राजीनामा माग्ने हक प्रतिपक्षी दलहरूसँग भए पनि तीन दिन संसद् अवरुद्ध गर्नु जायज नभएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि एक पुस्तक विमोचनमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदन अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भन्नु भएपछि बैठक सुरु गर्न दिने एमालेले जनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।