धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिबारे साेमवार प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले भावनामा आएर दिएको अभिव्यक्ति प्रधानमन्त्रीका रूपमा नभनेको भए ठिक हुने बताउनुभयो । उहाँले आफ्नो भनाइबाट परेको असहजताप्रति क्षमा माग्दै आफ्नो मनसाय खराब नभएको बताउनुभयो ।
आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यस क्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको भन्दै प्रचण्डले त्यही सन्दर्भमा भएको कुरा भावनामा आएर भनेको बताउनुभयो ।
‘कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु’, उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर त्यस दिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो ।’
प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवराेध गर्दै आएकोमा आज प्रधानमन्त्रीले माफी माग्ने सहमतिपछि खुलेको हो । प्रतिनिधि सभाको अर्को बैठक आउँदो शुक्रवार दिउँसो १ बजे बस्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।