रुसी सेनामा नेपालीहरू भर्ती भए/नभकोबारे जानकारी छैन : परराष्ट्रमन्त्री साउद

 असार २५, २०८० सोमबार १८:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्ने कुरा सरकारलाई जनकारी नरहेको बताउनुभएको छ । 

साेमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई अहिलेसम्म यसबारेमा कुनै जानकारी नरहेको बताउनुभयो । उहाँले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोमा रहेकाे दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताउनुभयो । 

उहाँले भन्नुभयाे, ‘रुसी सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोमा रहेकाे दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ । केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आए पनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन । यसमा अध्ययनको चरणमा छौँ ।’

यस्तै मन्त्री साउदले अहिलेसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनुभयाे । उहाँले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको तर त्यसपछि बीआरआई अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको बताउनुभयो । 

पछिल्लो समय चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया