बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै

 असार २६, २०८० मंगलबार ९:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ।

आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो ।

त्यस्तै, शनिवार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए ।

यी दुई देशबीच आउँदो शुक्रवार र आइतवार दुई खेलको टी–२० शृङ्खला हुनेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया