टर्कीले समर्थन जनाएसँगै स्विडेन नेटोको सदस्य बन्ने बाटो खुल्यो

 असार २६, २०८० मंगलबार १९:५६:५८ | एजेन्सी
unn.prixa.net

स्विडेनलाई उत्तर एटलान्टिक सहयोग सङ्गठन (नेटो) को सदस्यता दिन टर्कीले समर्थन जनाएको छ । यसअघि टर्कीले समर्थन नदिएका कारण स्विडेन नेटोको सदस्य बन्न सकेको थिएन । नेटोमा आबद्ध ३१ देशलाई नेटोमा नयाँ सदस्य आबद्ध गराउने कि नगराउने भन्ने विषयमा 'भिटो' प्रयोग गर्ने अधिकार छ ।

रुसले युक्रेनमा आक्रमण शुरु गरेको एक हप्तापछि फिनल्यान्ड र स्विडेनले नेटोमा आबद्धताका लागि निवेदन दिएका थिए । फिनल्यान्ड गएको अप्रिलमा नेटो सदस्य बनिसकेको छ । सशस्त्र समूह कुर्दिसलाई स्विडेनले प्रोत्साहन गरिरहेको आरोप लगाउँदै टर्कीले नेटोमा सामेल हुन रोकिरहेको थियो ।

यसैबीच युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले युक्रेनलाई नेटोमा सहभागी गराउन मिति नतोकिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । भिल्नियसमा आजदेखि शुरु भएको नेटो राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा युक्रेनलाई सदस्यता दिने समय निर्धारण नभएपछि जेलेन्स्कीले आक्रोश व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । उहाँ नेटो राष्ट्रका प्रमुखहरूलाई भेट्न आज एक्कासी भिल्नियस पुग्नुभएको छ ।

नेटोले सन् २००८ मै युक्रेन निकट भविष्यमा आफ्नो सदस्य हुने बताएको थियो । तर अहिलेसम्म पनि उसलाई सदस्यता दिइएको छैन । युक्रेनले नेटोको सदस्यता लिएको खण्डमा आफूमा सुरक्षा चुनौती थपिने भन्दै रुसले सदस्यता नलिन चेतावनी दिएको थियो । द्रुत प्रक्रियाबाट सदस्यता दिँदा रुसविरूद्ध घोषितरूपमै युद्ध गर्नुपर्ने बाध्यताका कारणले नेटोले युक्रेनलाई सदस्यता दिएको छैन । नेटो सन्धिअनुसार कुनै पनि सदस्य देशविरुद्ध आक्रमण भएमा सबै सदस्य देशले मिलेर त्यो देशको प्रतिरक्षा गर्नुपर्छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया