धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकअघि एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बस्दैछ ।
शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने छन् ।
कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल बैठक बस्न लागेको हो ।
बैठकमा संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । प्रदेश र केन्द्र सरकारका काम कारबाही पनि छलफलको एजेण्डा रहेको छ ।
केही दिनअघि जिल्ला सभापतिहरूले सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको गुनासो गरेका थिए । प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट विनियोजनमा गुनासो गर्दै आएका छन् ।
केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्नसक्ने विधानको व्यवस्था छ । कांग्रेसले गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो ।
त्यसपछि भने केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसैबीच, कांग्रेसले दशैँअघि नीति अधिवेशन गर्ने तयारी पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।