धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ ।
महासचिव देव गुरुङले शोक विज्ञप्ति निकालेर उहाँको निधनले अपूरणीय क्षति पुगेको बताउनु भएको हो ।
सीता दाहालको निधनबाट पार्टी, नागरिक र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ – विज्ञप्तिमा भनिएको छ ।
सीता दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनु भएको पनि उल्लेख गरिएको छ ।
यसैबीच, सीता दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेता, कार्यकर्ता नर्भिक अस्पताल पुगेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु अस्पताल पुगेका छन् ।
६९ वर्षकी सीता दाहालको विहान उपचारका क्रममा निधन भएको हो ।
पार्किन्सन जस्तै देखिने एक जटिल प्रकारको रोगबाट उहाँ पीडित हुनुहुन्थ्यो । बिहान हृदयाघात भएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ ।
दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।