धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाे – हिजो मङ्गलवार साढे चार अङ्कले घटेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ विन्दुमा पुगेको छ ।
आज फाइनान्स र होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज शिवश्री हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, शुभम् पावर, लक्ष्मी इक्युटी फन्ड र एनआईसी एसिया फन्डकाे शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
हिजो दुई अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ८५ लाख चार हजार कित्ता शेयर तीन अर्ब १८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।